Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैपटक २९ सहसचिवको सरुवा, काठमाडौं महानगरमा परियार

काठमाडौं । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले २९ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो।

सरुवा सूची अनुसार प्रदीप परियार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका छन् ।

परियारलाई राष्ट्रिय योजना आयोगबाट महानगरमा सरुवा गर्ने निर्णय गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेशी आयोगमा सरुवा गरिएको छ ।

महानगर प्रमुख बालेन्द्र साह बालेनले अधिकारीलाई हाजिरी गर्न नदिएपछि यो विषय निकै चर्चित बनेको थियो ।

कर्मचारीकी छोरीलाई जागिर लगाउने उद्देश्यले नगर सभाको निर्णयमा गरिएको कीर्तेलाई प्रमाणीकरण गरेको भन्दै बालेनले अधिकारीको कार्यकक्षमै ताला लगाएका थिए ।

त्यस्तै नारायण प्रसाद रिसाल गृहबाट अर्थ मन्त्रालय, सेवन्तक पोखरेललाई अर्थबाट मधेस प्रदेशको अर्थ मन्त्रालयमा प्रदेश सचिवमा, सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोगबाट गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सचिवमा, वासु देव दाहाललाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गृह मन्त्रालयमा, परराष्ट्रका सहसचिव छविन्द्र पराजुलीलाई कोशी प्रदेशको प्रदेश सचिवमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077