Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट : आज कर्णाली र मधेश भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज कर्णाली प्रदेश र मधेश प्रदेश खेल्दैछन् । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे शुरु हुनेछ ।

जारी प्रतियोगितामा कर्णाली आफ्ना ३ मध्ये दुई खेल जित्दै चार अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ भने ४ खेलमा २ खेल जितेर ४ अंक जोडेको मधेस सातौँ स्थानमा छ।

यी दुवै टोली आज तेस्रो जितको खोजीमा मैदान उत्रिन लागेका हुन् । आफ्ना तीन खेलमा शतप्रतिशत जित निकालेको सुदूरपश्चिम प्रदेश शीर्ष स्थानमा छ ।

कोशी प्रदेश लगातार पाँच खेलमा पराजित हुँदा गण्डकीले पनि आफ्ना तीनवटै खेलमा हार व्यहोरेको छ । यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् ।

प्रतियोगितामा पहिलो पटक ‘राउन्ड रोबिन’ अर्थात् सबै टोलीले एकअर्कासँग खेल्नेछन् । हरेक टोलीले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077