Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष अशरफले दिए राजीनामा

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्डका अन्तरिम अध्यक्ष जाका अशरफले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

अशरफले शुक्रबार लाहोरमा भएको पीसीबी प्रबन्ध समितिको बैठकको अध्यक्षता गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

पीसीबी प्रबन्ध समितिको बैठकमा अशरफले आफ्नो छोटो कार्यकालमा उनलाई समर्थन गरेकोमा पीसीबी सदस्यहरू र यसका संरक्षक कार्यवाहक प्रधानमन्त्री अनवर-उल-हक ककरलाई धन्यवाद पनि दिए।

यस बैठकको अन्त्यमा अशरफले पीसीबीका संरक्षक प्रधानमन्त्रीलाई राजीनामा बुझाउने निर्णय गरेको बताए। गत वर्ष जुलाईमा उनले नजम सेठीबाट पीसीबीको अन्तरिम अध्यक्षको जिम्मेवारी लिएका थिए ।

उनलाई चार महिनाका लागि अन्तरिम अध्यक्ष बनाइएको थियो । पछि प्रधानमन्त्रीले तीन महिनाको म्याद थप गरेका थिए ।

पछिल्ला केही वर्षहरूमा पीसीबी प्रमुखको पदमा धेरै परिवर्तनहरू भएका छन्। रमीज राजा २०२१ मा अध्यक्ष बने ।

त्यसपछि नजम सेठी र त्यसपछि जाका अशरफलाई जिम्मेवारी सुम्पियो । तर कोही पनि एक वर्षभन्दा बढी आफ्नो पदमा रहन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077