Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङमा रोक

काठमाडौं । आजदेखि काठमाडौंको नयाँ सडक (न्यूरोड) क्षेत्रका खुला सडकमा सवारी पार्किङ गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको हो ।

यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध हुने महानगरपालिकाले जनाएको छ । काठमाडौं टावरमा ३०० वटा चारपाङ्ग्रे सवारी साधन र ७०० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ ।

काठमाडौं महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले यसअघि पार्किङ भइरहेको ठाउँलाई खाली गरेर सरसफाइ गरिने बताए। पिच सडकमा भइरहेको सवारी पार्किङ हटाउँदा सवारी आवागमनमा सहज हुने उनको भनाइ छ।

पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077