Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एनसेलको बिक्री भएको सेयर दर्ता नगर्न उच्चको अन्तरिम आदेश

काठमाडौं। उच्च अदालत पाटनले एनसेलको पछिल्लो शेयर खरिद बिक्री सम्झौता कार्यान्वयन नगर्नु भन्ने अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

उच्च अदालतका न्यायाधीशहरू शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगराउनू भनी कम्पनी रजिष्ट्रार कार्यालयलाई दिएको आदेशलाई निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको हो।

मंसिर २१ गते उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

यस रिटलाई चाँडो किनारामा लगाउपर्ने देखिएको भन्दै लिखित जवाफ परेपछि वा पर्ने अवधि समाप्त भएपछि अग्राधिकार दिई कुनै पक्षबाट पनि पेशी स्थगीत गर्न नपाउने गरी पेशी चढाउन पनि आदेश भएको छ।

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर ९६ अर्ब ६६ करोड रूपैयाँ० मा बिक्री गरेको बताएको थियो।

गोकुलबहादुर रोकायाले सेयर खरिदबिक्रीको कारोबारविरूद्ध उच्च अदालत पाटनमा रिट दर्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077