Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणहिटी दरबारको पर्खाल भत्काउन महानगरले फेरि पठायो पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल अग्लो भएको भन्दै भत्काउन पुनःअर्को पत्र पठाएको छ ।

नेपाल ट्रष्टले अटेर गरेपछि महानगरले बुधबार फेरि पत्र पठाएर नारायणहिटीको पर्खाल भत्काउन पत्र पठाएको हो ।

महानगरपालिकाले नेपाल ट्रष्टलाई १३ पुसमा मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्र गरेको थियो ।

यसअघि सोही ब्यहोराको पत्र मिति २०८०/०९/१३ द्वारा पर्खालको पुनरसंरचना गर्न अनुरोध गरेको थियो ।

तर सो कार्य हालसम्म गरेको नदेखिएको हुँदा पुनः ताकेता पत्र लेखिएको महानगरपालिकाले जनाएको छ ।

महानगरको मापदण्ड अनुसार १.२ मिटर अग्लो पर्खाल र ०.६ मिटर जाली लगाउन पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077