काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।
प्रतियोगिता अन्तर्गत बागमती प्रदेश र लुम्बिनी प्रदेश कीर्तिपुरमा सवा ९ बजे खेल्दैछन् भने एपीएफ क्बल र गण्डकी प्रदेश मुलपानीमा सोही समयमा भिड्दैछन् ।
हिजो भएको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले हराएको थियो।
प्रतियोगितामा ६ खेलमा १२ अंकसहित नेपाल पुलिस क्लब तालिकाको शीर्ष स्थानमा हुँदा बागमती ८ खेलमा १० अंकसहित दोस्रो स्थानमा छ।
समान अंक रहेको मधेश तेस्रो स्थानमा, ८ अंक रहेको आर्मी चौथो स्थानमा छ। कर्णाली भने ६ अंकसहित सातौं स्थानमा छ । यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् ।
प्रतियोगितामा पहिलो पटक ‘राउन्ड रोबिन’ अर्थात् सबै टोलीले एकअर्कासँग खेल्नेछन् । हरेक टोलीले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् ।