Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • भाइरल ज्वरोका कारण पुरुमुरु गाउँका तीन जनाको मृत्यु

    भाइरल ज्वरोका कारण पुरुमुरु गाउँका तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 615
    SHARES

    फाइल तस्विर

    मुगु । मुगुमा सिजनल भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका-६ पुरुमुरु गाउँमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको हो ।

    एक साता अगाडिबाट फैलिएको मौसमी रुघाखोकीले पुरुमुरु गाउँका तीन जनाको मृत्यु भएको र गाउँभरि सर्वसाधारण थला परेको जानकारी जिल्ला अस्पतालमा पुगेपछि जिल्ला अस्पतालबाट उक्त स्थानमा डा. कमल ढुंगानाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली सोरु गाउँपालिका-६ पुरुमुरु र जिमा गाउँ पुगेको थियो ।



    सोरु गाउँपालिका-६ का तीन बस्ती परुमुरु, जिमा र बन्जाहमा मौसमी रुघाखोकी लागेका १ सय ५० मध्ये १ सय ३५ जनामा एकैखाले लक्षण देखिएको बताइएको छ ।



    मौसमी रुघाखोकीका कारण एक साता यता सोरु गाउँपालिका-६ पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही, सोही गाउँकी ७५ वर्षीया कृति छत्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको स्थानीयले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार