Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • आज पनि सुनको भाउ स्थिर, कतिमा हुदैँछ कारोबार ?

    आज पनि सुनको भाउ स्थिर, कतिमा हुदैँछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 468
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज पनि नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ।

    शुक्रबारदेखि स्थिर रहेको सुनको भाउले आइतबार पनि निरन्तरता पाएको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।



    शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

    शुक्रबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार