Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१० अंकले नेप्से बढ्दा ३ अर्ब ८३ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार दोहोरो अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०.३७ अंक बढेर २०९४ अंकमा पुगेको हो ।

आजको कारोबारमा नेप्से न्यूनतम २०७५ अंकसम्म झरेको थियो। कुल ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो । १७३ कम्पनीको मूल्य बढ्दा ७० को घट्यो भने ४ को स्थिर रह्यो ।

धेरै बढ्ने समूहमा हाइड्रोपावर अगाडि रह्यो । सो समूह १.३३ प्रतिशत बढ्यो । विकास बैंक १.२२ र अन्य समूह पनि १.३२ प्रतिशत बढे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.८६ प्रतिशत घट्यो ।

मिडसोलु हाइड्रोपावर, माथिल्लो मैलुङखोला, सामलिङ पावरको मूल्य १० प्रतिशत बढ्यो । हाथवे इन्भेस्टमेन्टको ८.७, माउन्टेन हाइड्रो नेपालको ७.९, एसियन हाइड्रोपावरको ६.८, युनाइटेड मोदी हाइड्रोको ६.४ प्रतिशत मूल्य बढ्यो।

चन्द्रागिरि हिल्सको भने सबैभन्दा धेरै ९.८ प्रतिशत मूल्य घट्यो । इनिफिनिटी लघुवित्तको ६.४, मनकामना स्मार्ट लघुवित्तको ५.१, उन्नती सहकार्य लघुवित्तको ३.३ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, अरुणभ्याली हाइड्रो डेभलपर र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077