Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – ठूला नेताहरुको गुटमा लाग्दा थाङ्नामा सुताइदिन्छन्

    कांग्रेस महामन्त्री थापाले भने – ठूला नेताहरुको गुटमा लाग्दा थाङ्नामा सुताइदिन्छन्

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 531
    SHARES

    सप्तरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभाको उम्मेदवार चयनमा आफूले फरक मत राखेर ठीक गरेको बताएका छन् ।

    सप्तरीमा समुदायमा का‌ग्रेस अभियानको क्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    महामन्त्री थापाले भने, ‘राष्ट्रियसभाको निर्वाचनमा पार्टीको महामन्त्री जस्तो जिम्मेवार पदमा रहँदा पनि केही विषयहरु उठाएर मैले फरक मत लेखेको कुरा ठीक लेखेछु भन्ने लागेको छ । अब यहाँबाट गइसकेपछि मैले सभापति र अरु नेता साथीहरुलाई काठमाडौंमा तपाईंहरुलाई लागेको जस्तो होइन रहेछ है, म मधेश घुमेर आउँदा जबरजस्त माग र गुनासो रहेछ। पार्टीले काम गर्ने विषयलाई मैले जोडदार ढंगले राख्नुपर्छ । राख्नेमात्रै होइन गराउने पनि हो ।’



    महामन्त्री थापाले पार्टीको निर्णयबाट सिंगो देशको प्रतिनिधित्व गर्छौं भनेर कांग्रेसले देखाउनुपर्ने बताए ।

    काठमाडौंमा ठूला नेताहरुको गुटमा लागेर केही काम नभएको महामन्त्री थापाले बताए ।

    सबैले आफ्नो घर वरिपरि घुमाएर तपाईंलाई थाङ्नामा सुताइदिने महामन्त्री थापाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार