Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एपीएफविरूद्ध सुदूरपश्चिम ८७ रनमा अलआउट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले एपीएफ क्लबलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ।

तीव्र गतिका बलर चन्दन रामको उत्कृष्ट बलिङमा सुदूरपश्चिम प्रदेश ८७ रनमा अल आउट भएको हो । सुदूरपश्चिमका नारायण जोशी २५ बलमा ३ चौका र ३ छक्कासहित ३१ रनमा नट आउट रहे ।

आफ्नो करिअरकै पहिलो राष्ट्रिय स्तरको खेल खेलेका चन्दले सुदूरको शीर्ष र मध्यक्रम ध्वस्त पारेका थिए । उनले ओपनर टेक रावतलाई शून्य, नरेन भट्टलाई १, मिलन बोहरालाई ८ रनमा बोल्ड आउट गरे ।

खड्क बोहरालाई २४ रनमा आउट गराए । कप्तान राजु रिजाललाई ५ रनमा एलबीडब्लू आउट गरेका थिए । सुदूरका शीर्ष पाँच ब्याटर सबै चन्दनको बलमा आउट भएका थिए ।

त्यसपछि भुवन कार्की र रोहित पौडेलले विकेट लिँदै सस्तैमा अल आउट गरेका हुन् । शेर मल्ल ५, नरेन साउद, दीपक चन्द र भोजराज भट्टले खाता खोल्न सकेनन् । एपीएफले चन्दनलाई पुरन बिकको स्थानमा आज डेब्यू दिएको थियो ।

चन्दन रामले ७ ओभरमा ५१ रन खर्चेर ५ विकेट लिए । भुवन कार्कीले ६।२ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट लिए । राहित पौडेलले २ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077