Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटन मन्त्रीको निर्देशन - पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउनू

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा मंगलवार भएको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किराँतीले यस्तो निर्देशन दिएका हुन् ।

उनले कोषको जग्गामा गैरकानुनी रुपमा सञ्चालन भएका व्यावसायिक संरचना तत्काल हटाउन निर्देशन दिए ।

यस्तै बोर्डले तत्काल कानूनी प्रक्रिया पुर्‍याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका घर खाली गराउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077