Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हामी चीनसँग डराउनु हुँदैन, राजनीति प्रतिस्पर्धात्मक खेल हो : भारतीय विदेशमन्त्री

एजेन्सी । भारतका विदेश मन्त्री एस जयशंकरले चीनले छिमेकीहरूलाई प्रभाव पारे पनि प्रतिस्पर्धी राजनीतिबाट डराउन नहुने बताएका छन् ।

विदेश मन्त्री जयशंकरले मंगलबार आईआईएम मुम्बईका विद्यार्थीसँग चीन-माल्दिभ्ससँग भारतको सम्बन्ध र लाल सागरमा हमास-इजरायल युद्धबाट उत्पन्न परिस्थितिबारे कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चीनको प्रभावलाई लिएर प्रतिद्वन्द्वी बढेको तर यसलाई भारतीय कूटनीतिको असफलता भन्नु गलत भएको बताए ।

'मलाई लाग्दैन कि हामी चीनसँग डराउनुपर्छ। मलाई लाग्छ हामीले भन्नुपर्छ-विश्वव्यापी राजनीति एक प्रतिस्पर्धात्मक खेल हो । तपाईले सक्दो प्रयास गर्नुहोस्, हामी सक्दो प्रयास गर्नेछौं,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077