Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कप : पुलिस क्लबले लुम्बिनीलाई दियो २४६ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २४६ रनको बलियो लक्ष्य दिएको छ ।

करण केसी र आरिफ शेखको उत्कृष्ट ब्याटिङमा पुलिस क्लब ३७.३ ओभरमा २४५ रनमा अल आउट भयो ।

पिचको कारण खेल ढिलो सुरु हुँदा खेल ३८–३८ ओभरमा झारिएको थियो । पुलिसका कप्तान आरिफ शेखले ७६ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रन बनाए ।

आज दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिँदा आरिफले टोलीको कप्तानी गरेका छन् । करण केसीले २७ बलमा ५ चौका र ५ छक्कासहित ५७ रनको विष्फोटक इनिङ खेले ।

कुशल भुर्तेल ४२ बलमा ७ चौका र १ छक्कासहित ४८, दीलिप नाथ २, अर्जुन साउद २४, शंकर राना शून्य, राशिद खान १२ र रोशन बुढाल १० रनमा आउट भए ।

लुम्बिनीका नर सार्कीले ८ ओभरमा ७७ रन खर्चेर ४ विकेट लिए । वीर मगरले ७.३ ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । कृष्ण कार्की र अभिषेक गौतमले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077