Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - गठबन्धन सरकारले कर्मचारी बढुवामा भेटी आतंक मच्चाएको छ

सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले कर्मचारीको सरुवा ,बढुवामा ‘भेटी’ आतंक मच्चाएको आरोप लगाएका छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको नवनिर्मित भव्य प्रशासनिक भवनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

एमाले सरकारमा रहँदा हटाएको यस्तो गलत क्रियाकलाप अहिलेको सरकारले बढाएको अध्यक्ष ओलीले आरोप लगाए । सरुवा, बढुवामा मात्रै होइन नयाँ नियुक्ती पनि भेटी ,दक्षिणाबिना काम नै नहुने गरेको उनको भनाइ छ ।

भेटी दक्षिणा पनि थोरै होइन भ्रष्टाचार गरेर कमाउने भन्दा पनि बढी लिने गरेको अध्यक्ष ओलीको आरोप थियो । मन्त्रालयमा जाँदा अनुहार हेरेर व्यवहार गर्ने गरेको अध्यक्ष ओलीको भनाई थियो ।

अहिले मन्त्रालयमा जाँदा क्षमता हेरेर होइन रंग हेरेर गठबन्धनको हो की होइन त्यो हेरेर मात्रै काम गर्ने संस्कृतिको विकास वर्तमान सरकारले सुरुवात गरेको ओलीको भनाइ थियो ।

एमालेको सरकार रहँदा धेरै काम भयो, त्यो काम किन भयो भने एमालेले अनुहार हेरेर होइन योग्यता र क्षमता हेरेर मात्रै काम गर्ने गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077