Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अधिकांश जिल्लाका गुप्तचर प्रमुख फेरिए

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का जिल्ला प्रमुखहरूको व्यापक हेरफेर भएको छ । अवधि पुगेका ६० भन्दा धेरै एसपी र डिएसपीको बिहिबार सरुवा गरिएको छ ।

विभाग स्रोतका अनुसार बर्दियामा एसपी पवन जोशी, दाङमा रमेश डाँगी, कैलालीमा मोहन कुँवर, कञ्चनपुरमा नरेश भट्ट, गोरखामा हुमकान्त पाण्डे, पूर्वी नवलपरासीमा अशोक भट्ट, सिन्धुलीमा सुवास खड्का, धादिङमा नरेन्द्र गिरी, पाल्पामा जयन्द्र उपाध्याय, पश्चिम नवलपरासीमा विमल घिमिरेलाई पठाइएको छ ।

कपिलवस्तुमा गोपाल पन्थी, सिन्धुपाल्चोकमा राजन प्रजापति, नुवाकोटमा लक्ष्मी पौडेल, सर्लाहीमा सुदीप अधिकारी र झापामा कुलचन्द्र नेपाललाई खटाइएको छ ।

मोरङमा तिलक प्रसाई, इलाममा तुलसी प्रसाई, उदयपुरमा कुमार खड्का, काभ्रेमा शेरजंग चन्द,चितवनमा मनोज ढकाल र तनहुँमा कमल भट्टराईको सरुवा भएको छ ।

पर्सामा दिलिप सिंह, रौतहटमा अभिनय सिंह, बारामा दीपक खड्का, धनुषामा गणेश आचार्य र स्याङजामा सुशान्त बरालको सरुवा भएको छ ।

त्यस्तै, डिएसपीको पनि जिम्मेवारी व्यापक हेरफेर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077