काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल भएको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफल सकेर बाहिरिएपछि अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा कुरा भएको बताए ।
टिआरसीबारे छलफल भइराखेका बेला त्यसबारे पनि कुरा भएको अध्यक्ष ओलीले बताए ।
प्रधानमन्त्रीसँग टिआरसी विधेयकलाई राम्रोसँग मिलाएर छिट्टै टुंग्याऔं भन्ने कुरा भएको बताए ।
टिआरसीमा एमालेले राखेका अडान भने यथावत नै रहेको अध्यक्ष ओलीले बताए ।