Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हेटौंडाबाट १० किलो गाँजासहित पक्राउ

हेटौंडा । अवैध लागूऔषध गाँजा करिब १० केजीसहित एक जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट गाँजासहित सर्लाही बागमती नगरपालिका-१२ बस्ने १९ वर्षीय निशान गोलेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बिराटनगरतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ०४५३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार गोलेलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

साथै बस सवार १ जनालाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077