Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एएफसी एसियन कप : दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा प्रवेश

काठमाडौं । एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा पुगेका छन् ।

गएराति भएको खेलमा दक्षिण कोरियाले अष्ट्रेलियालाई २–१ गोलले र जोर्डनले ताजकिस्तानलाई १–० गोलले हरायो ।

खेलको पहिलो हाफमा अष्ट्रेलियाले गुडविनको गोलमा अग्रता बनाएको थियो । तर दक्षिण कोरियाले खेलको इन्जुरी समयमा पेनाल्टी पायो । ह्वांग हि–चानले पेनाल्टीमा गोल गरेपछि खेल बराबरी भयो ।

अतिरिक्त समयमा कप्तान सन ह्यूङ मिनले फ्रिकिकमा गोल गरेपछि दक्षिण कोरिया विजयी भयो ।

दक्षिण कोरियाले अब सेमिफाइनलमा जोर्डनसँग खेल्नेछ । जोर्डन इतिहासमा पहिलो पटक एसियन कपको सेमिफाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077