Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अधिवेशनमा कुटाकुट भएपछि धादिङका एमाले नेताहरुलाई ओलीले बोलाए काठमाडौं

काठमाडौं । धादिङ जिल्ला अधिवेशनमा विवाद बढेर गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेताहरुलाई काठमाडौं बोलाएका छन्।

धादिङको अधिवेशनमा भएको विवाद समाधान गर्न प्रदेश इन्चार्ज, अध्यक्ष तथा जिल्ला अध्यक्षसहितका नेताहरुलाई अध्यक्ष ओलीले काठमाडौं बोलाएका हुन् ।

अध्यक्ष ओलीले त्यहाँका नेताहरुसँग केन्द्रीय कार्यालय च्यासलमा छलफल गरिहेको एमाले स्रोतले बतायो ।

अध्यक्ष ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बरालसहित प्रदेश अध्यक्ष कैलाश ढुंगेल, अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, एमाले बागमति प्रदेशका सचिव नवराज सिलवाल, जिल्ला अध्यक्ष भूमि त्रिपाठी लगायतका नेताहरुलाई काठमाडौं बोलाएका छन् ।

अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौं बोलाएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरिएको छ ।

प्रदेश अध्यक्ष कैशाल ढुंगेलले भने आइतबार बिहानै जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए ।

तर अध्यक्ष भूमि त्रिपाठीले तत्कालै वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077