Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद‍्मा प्रभावकारी भूमिका निभाउन सांसदलाई एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।

दुईदिनसम्म संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले जनताका आवाज उठाउँदै सदनमा सशक्त भूमिका निर्वाह सांसदहरूलाई निर्देशन दिएको हो ।

बैठकमा संसदीय दलका नेता समेत रहेका अध्यक्ष ओलीले प्राविधिक र बैचारिक स्पष्टताका साथ बैठकमा सहभागीता जनाउन निर्देशन दिएका थिए ।

उनले सदन बैठकमा गल्ती बोल्नेहरुको रेकर्डबाट हटाइयोस् भन्न आवश्यक नरहेको तर्क गरेका थिए।

तर, कसैले गल्ती बोलेको वा गरेको भए सदनमा विरोध भने जनाउनुपर्ने उनले बताए।

ओलीले विभिन्न नेताहरूले दिएका प्रशिक्षणका आधारमा मर्यादित ढंगले गतिविधि गर्न पनि निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077