Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२८५ केजी गाँजासहित पनौतीबाट तीन जना पक्राउ

काभ्रे । प्रहरीले ७३ बोरा लागूऔषध गाँजासहित पनौतीबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गाडी चालक नुवाकोट बिदुर ११ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने बुद्धमान तामाङ, रामेछाप ८ घर भई हाल काठमाडौं बालाजु डेरा गरी बस्ने संजीव तामाङ र रामेछाप ८ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने बिमला तामाङ रहेका छन् ।

प्रहरीले पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बरको डीआइ गाडीबाट २८५ केजी गाँजा बरामद गरेको हो ।

प्लाष्टिकको विभिन्न आकारका ७३ बोरामा २८५ केजी गाँजा, गाडीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीले चेक गर्ने क्रममा भाग्न खोजेपछि गाँजाको बोरासहित तीनजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

पनौती रोडको छाला कारखानामा पक्राउ परेका तीनजनामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077