Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी विजयी

काठमाडौं । इंंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा सिटी ३–१ गोलले विजयी भएको हो ।

सिटीका फिल फोडेनले ह्याट्रिक गरे । उनले पहिलो हाफको अन्तिमतिर र दोस्रो हाफको ५३ र ७०औँ मिनेटमा गोल गरे ।

तर खेलमा ब्रेन्टफोर्डले २१औँ मिनेटमा बनाएको अग्रतालाई जोगाउन सकेन ।

जितसँगै सिटी २२ खेलमा ४९ अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077