Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यो सरकारजस्तो नालायक सरकार इतिहासमा कहिल्यै थिएन : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारजस्तो नालायक अरु कुनै नभएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सासंद बाँस्कोटाले यस्तो बताएका हुन् ।

उनले जनप्रतिनिधिले उठाएका आवाज सरकारले नसुनेको भन्दै शून्य समयको औचित्यबारे प्रश्न उठाए।

सासंद बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीको भनाइ के छ रामराज्य आइसक्यो । यही हो रामराज्य ? योभन्दा नालायक, योभन्दा गतिहीन, योभन्दा जवाफदेहिताविहीन सरकार इतिहासमा कहिल्यै थिएन । जसको न कान छ, न आँखा छ । कहिले सुन्छ सरकारले ? त्यसैले शून्य समयको के भ्यालु ?’

सासंल बाँस्कोटाले प्रधानमन्त्रीले रामराज्य आइसक्यो भन्ने गरेको तर सरकार इतिहासकै गतिहीन र नालायक रहेको टिप्पणी गरे ।

उनले आफूले नगरकोटको बाटो बनाइदिन भौतिकमन्त्रीसँग ४ पटक अनुरोध गरेको तर कुनै सुनुवाइ नभएको र काभ्रेका किसानहरूले दूधको पैसा अहिलेसम्म नपाएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077