Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निर्वाचनको पूर्वसन्ध्यामा पाकिस्तानमा बम विष्फोट हुँदा २० जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा बम विष्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ।

निर्वाचनको पूर्वसन्ध्यामा दुई स्थानमा बम विस्फोट हुँदा सर्वसाधारणको मृत्यु भएको हो ।

पहिलो बम विस्फोट स्वतन्त्र उम्मेदवारसमेत रहेका इसफंदियार काकरको सम्पर्क कार्यालय बाहिर भएको थियो।

उक्त बम विस्फोटमा १२ जनाको मृत्यु भएको हो। अर्को बम विस्फोट किल्लाह शेफ उल्लाह जिल्लामा भएको हो।

जहाँ ८ जनाको मृत्यु भएको बताईएको छ । घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077