Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल र क्यानडाबीचको सिरिज भोलिदेखि

काठमाडौं । नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेट सिरिज बिहीबारदेखि सुरु हुँदैछ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ को सुरुवात गर्नुअघि नेपालले क्यानडासँग सिरिजको आयोजना गरेको हो।

नेपालले त्रिवि मैदान कीर्तिपुरमा क्यानडासँग एकदिवसीय तीन म्याचको सिरिज खेल्नेछ।

सिरिजको पहिलो खेल बिहीबार, दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार हुने तालिका छ।

प्रतियोगिता खेल्ने दुवै देशका खेलाडीहरू बुधबार अभ्यासमा व्यस्त भएका छन्।

क्यानडाविरुद्धको सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरेको छ भने क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले पनि साद बिन जफरको कप्तानीमा अनुभवी खेलाडीहह्रूलाई समेटेर टोलीको घोषणा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077