Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानलाई हराउँदै कतार एसियन कपको फाइनलमा प्रवेश

काठमाडौं । इरानलाई हराउँदै कतार एएफसी एसियन कपको फाइनलमा पुगेको छ ।

गएराति दोहास्थित अल थुमामा स्टेडियममा इरानलाई ३-२ गोलले हराउँदै साविक विजेता कतार प्रतियोगिताको फाइनल पुगेको हो।

कतारको जितमा जसीम गबर अब्दुलसलाम, अक्रम अफिफ र अलमोइज अलिले गोल गरे ।

इरानका सरदार अजमोन र अलिरेजा जहानबक्सले गोल गरे । कतारले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077