Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - अहंकारले उफ्रिँदा माधव नेपाल भड्खालामा जाकिए !

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बढ्ता जान्ने भएर उफ्रिँदा माधवकुमार नेपाल भड्खालामा जाकिन पुगेको बताएका छन्।

एमाले रौतहटको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्न पुगेका अध्यक्ष ओलीले यस्तो बतााएका हुन् ।

अध्यक्ष ओलीले भने,‘अहिलेको सरकारले देशलाई सर्वत्र अस्तव्यस्त बनाएको छ। कहिलेकाहीँ बढ्ता जान्ने भएर, अहंकारले उफ्रिँदा भड्खालामा जाकिन्छ, कसरी जाकिन्छ भने माधवकुमार नेपाललाई हेरे पुग्छ!’

अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रतिक्रियावादीको पछि लागेर हिँडेको आरोप लगाए।

नेता नेपाल विदेशीको, प्रतिक्रियावादी, पार्टी, जनता, विकास, सुशासन विरोधी, भ्रष्ट तत्त्वको मतियार भएको बताए।

त्यस्तै उनले आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि एमालेलाई धोका दिएको बताए। टिकट आफैंले राखेर एमाले सिध्याउने खेलमा लागेको बताए।

माधवकुमार नेपाल र प्रभु साहसँग भ्रमवश गएकाहरूलाई फिर्ता आउन पनि अध्यक्ष ओलीले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077