Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जोर्डनलाई हराउँदै घरेलु टोली कतारले जित्यो एसियन कपको उपाधि

काठमाडौं । एएफसी एसियन कप फुटबलको उपाधि घरेलु टोली कतारले हात पारेको छ ।

योसँगै कतार लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

गएराति भएको फाइनलमा जोर्डनलाई ३–१ गोलले हराउँदै कतारले उपाधि जित्यो । कतारका लागि अक्रम अफिफले ह्याट्रिक गरे ।

उनले सबै गोल पेनाल्टीमा गरेका हुन् । जोर्डनका लागि यजान अल–नैमातले एक गोल फर्काए ।

यसअघि कतारले सन् २०१९ मा जापानलाई ३–१ गोलले हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077