Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानडाविरुद्ध भीम सार्कीको पनि अर्धशतक, अनिलको सम्झनलायक पुनरागमन

काठमाडौं। क्यानडविरुद्धको एकदिवसीय क्रिकेटमा भीम सार्कीले पनि अधर्शतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा भीम सार्कीले ७८ बलमा अर्धशतक पूरा गरेका हुन्। सो क्रममा भीमले ५ चौका प्रहार गरेका हुन्। भीम सार्की र अनिल साहले दोस्रो विकेटका लागि सतकीय साझेदारी गरेका छन्।

यसअघि अनिल साहले अर्थसतक पूरा गरिसकेका छन् । अनिलले ५० बलमा अर्ध शतक पूरा गरेका हुन् । अनिलले दोस्रो ओभरमा तीव्र गतिका बलर उदय भागवानलाई लगातार चार चौका हानेर धमाकेदार सुरुवात गरेका थिए ।

यसअघि दोस्रो ओडीआईमा शनिबार पुनरागमन खेलमा अनिलले २० बलमा ५० रन बनाएका थिए । २०२२ पछि नेपालको जर्सीमा फर्किएका अनिल लगातार दोस्रो खेलमा अर्ध शतक पूरा गरेका हुन् ।

२३३ रनको लक्ष्यमा पछाइरहेको नेपालले ३६ ओभरमा एक विकेट गुमाए १८४ रन बनाएको छ। कुशल भुर्तेल भने १३ रनमा बोल्ड भए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077