Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानडाविरुद्ध नेपाल : अनिल र भीमको कीर्तिमानी साझेदारी र दोहोरो शतकसँगै ९ विकेटले विजयी

काठमाडौं । क्यानडाविरुद्ध एकदिवसीय क्रिकेटको अन्तिम खेलमा नेपालले ९ विकेटको शानदार जित हात पारेको छ । यससँगै नेपालले सिरिज क्लिनस्पिव गरेको छ ।

नेपालका लागि भीम सार्की र अनिल शाहको शतकका साथ ९ विकेटले २२३ रनको लक्ष्य भेटाएको हो । नेपालको जितका लागि शतक प्रहार गरेका अनिल शाहले छक्का प्रहार गर्दै जित दिलाएक थिए ।

नेपालका लागि शाह र भिम सार्की दुवैले शतक प्रहार गरेका थिए । अनिलले ११२ रन बनाउँदा भिमले १०१ रन बनाएका थिए ।

नेपालका कुनै पनि दुई व्याट्सम्यानले एकदिवसीय क्रिकेटको एउटै खेलमा शतक बनाएको यो पहिलो पटक हो । त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो ।

तर, तेस्रो नम्बरमा गएका भीमले अनिलसँग कीर्तिमानी १८९ रनको साझेदारी गर्दै नेपाललाई ९ विकेटको जित दिलाए ।

एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए । त्यसलाई तोडेका अनिलकुमार र भीमले शतक पनि पूरा गरे ।

अनिलकुमारले ११६ बलमा ११ चौका र एक छक्काको मदतमा शतक पूरा गरे । भीमले पनि शतक पूरा गरे । उनले १२७ बलमा ११ चौका र एक छक्काको मदतमा शतक बनाएका हुन् । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077