Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वुमन्स प्रिमियर कपमा आज माल्दिभ्ससँग खेल्दै नेपाल

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) वुमन्स प्रिमियर कपमा आज नेपाल माल्दिभ्ससँग खेल्दै छ ।

मलेसियाको बांगीस्थित वाइएसडी युकेएम ओभलमा बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

यसअघिका २ खेलमा जित हासिल पारेको नेपाल माल्दिभ्सविरुद्ध पनि सहज जितको लक्ष्यसहित मैदान उत्रिनेछ।

नेपालले यसअघि पहिलो खेलमा शनिबार हङकङलाई ८ विकेट र भुटानलाई पनि ८ विकेटले हराएको थियो ।

टी २० फर्म्याटमा भइरहेको जारी प्रतियोगिताबाट एसिया कप खेल्ने टिमको छनोट हुने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077