Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वुमन्स प्रिमियर कप : नेपालको कीर्तिमानी जित, माल्दिभ्स १३ रनमै अलआउट

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाललाई माल्दिभ्सलाई २१४ रनले हराएको छ।

नेपालले प्रस्तुत गरेको २२८ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रन बनाउँदै अलआउट भएको हो । मलेसियाकी कप्तान सुमया हमीदले सबैभन्दा धेरै ५ रन बनाइन् ।

माल्दिभ्सका ६ जनाले खाता खोल्न सकेनन् । नेपालकी अस्मिना कर्माचार्यले ४ तथा पुजा महतो र रुबिना क्षेत्रीले ३/३ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनायो । नेपाली महिला टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा धेरै रन हो ।

यसअघि नेपालले सन् २०२१ मा कतारसँगको खेलमा १ सय ६४ रन बनाएको थियो । नेपालकी पूर्वकप्तान रुबिना क्षेत्रीले ऐतिहासिक शतक बनाइन् । रुबिना नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी बनिन् । रुबिनाले ५९ बलमा नट आउट १ सय १८ रन बनाइन् ।

यस्तै पूजा महतोले ५९ रन बनाइन् । रुबिना र पूजाले १ सय ६३ रनको कीर्तिमानी साझेदारी गरे । माल्दिभ्सकी सामा अलीले ३ विकेट लिइन् ।

यसअघि नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा भुटानविरुद्ध पनि ८ विकेटको जित निकालेको थियो ।

लगातार ३ जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको फाइनलमा पुग्ने टोली एसिया कपमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077