Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

३० अंकले घट्यो सेयर बजार, तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। सोमबार १३ अंकले बढेको नेप्से परिसूचक आज ३०.५६ अंकले घटेर २०७०.५९ विन्दुमा कायम भएको हो।

सेन्सेटिभ इण्डेक्स १.५९ प्रतिशतले घटेर ३६९.९९ विन्दुमा पुगेको छ। नेप्सेमा गिरावट आएपनि कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ।

यसदिन ३०५ कम्पनीको १ करोड २१ लाख ६५ हजार २०२ कित्ता सेयर ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३०४ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ३ अर्ब ५० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। त्यसअघि आइतबार ४ अर्ब बढि रुपैयाँको कारोबार भएको थियो।

दोहोरो अंकले घटेको बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल (बालाजु) ,समाज लघुवित्त वित्तीय संस्था र सुपर माइ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

यसदिन गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर मूल्य ९.७० प्रतिशतले घट्यो। सबै उपसमूहका सूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंक,फाइनान्स, इन्भेस्टमेन्ट उपसमूहको सूचक २ प्रतिशत बढिले बढे।

कारोबारमा आएका कम्पनीमध्ये ४० वटाको मूल्य बढ्दा २०३ को मूल्य घट्यो भने ५ वटाको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077