Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एसीसी वुमन्स प्रिमियर कप : एसिया कपमा पुग्न मलेसियासँग खेल्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ ।

मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा बायोमास ओभलमा सुरु हुनेछ ।

बुधवार भएको खेलमा जापानलाई १६ रनले पराजित गर्दै मलेसिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यसअघि बुधबार नै कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो ।

नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077