Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’

काठमाडौं । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्दैछ ।

आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेपछि क्यानडा–११ का कप्तान साद जफरले फिल्डिङको निर्णय गर्दै घरेलु टिमलाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।

यस्तो छ नेपाल ‘ए’को प्लेइङ ११ :

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिस जिसी, रासिद खान, सागर ढकाल, साहब आलम र सन्दीप जोरा ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077