Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • म्याद नाघेका बिउ र विषादी बेच्ने धादिङका दुई एग्रोभेट तथ कृषि सहकारी कारबाहीमा

    म्याद नाघेका बिउ र विषादी बेच्ने धादिङका दुई एग्रोभेट तथ कृषि सहकारी कारबाहीमा

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 495
    SHARES

    धादिङ । जिल्ला अनुगमन समितिले किसानलाई बिउबिजन बिक्री–वितरण गर्ने धादिङका एक सहकारी र दुई एग्रोभेटलाई कारबाही गरेको छ । समितिले कृषि सहकारी र एग्रोभेटहरूलाई जरिवाना गरेको हो।

    बेनीघाटरोराङ गाउँपालिका– ९ मा रहेको जनभावना कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई २० हजार तथा वडा नम्बर ७ मा रहेको इन्द्र भेटेरेनरी सेन्टरलाई १० हजार र वडा नम्बर १० मा रहेको मनकामना भेट एन्ड एग्रोभेटलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो ।



    यसअघि गाउँपालिकाबाट अनुगमनका क्रममा दिइएको निर्देशनहरू पालना नगरेको, खरिद बिल नभएको, म्याद नाघेको बिउबिजन तथा विषादी बिक्रीका लागि राखेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए।



    अनुगमनका क्रममा करिब ७५ हजार रुपैयाँबराबरका म्याद नाघेको विषादी तथा बिउबिजन जफत गरिएको पनि पराजुलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार