Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रविका व्यापारिक साझेदार जीबीको सहकारी ठगीबारे पोखरा पुगेर सीआईबीले थाल्यो छानबिन

कास्की । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न आएको केन्द्रीय अनुसन्धान ब्‍युरो (सिआइबी) को टोली पुर्पक्षका लागि कारागारमा रहेकाहरूबाट सूचना संकलन गरेको छ ।

शुक्रबार प्रहरी निरीक्षकको कमाण्डमा पोखरा आएको सीआईबीको प्राविधिक टोलीले कास्की प्रहरीसँगको समन्वयमा सूचना संकलन गरेको हो ।

माघ २४ गते ग्यालेक्सी टेलिभिजनका पूर्व साझेदार एवं पूर्वडिआइजी छविलाल जोशीको घरमा छापा मार्दै सीआईबीले चारवटा सर्भर बरामद गरेको थियो । उक्त सर्भरमा भएका सूचनारविवरणहरू निकाल्नका लागि सिआइबीको सहयोग लिइएको बताइएको छ ।

सर्भरमा भएका महत्वपूर्ण सूचनाहरूमा थप अनुसन्धान आवश्यक देखिएको र मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीमै दर्ता भएकाले सीआईबीको टोली पोखरा आएको हो। प्रहरीले नै सीआईबीलाई थप अनुसन्धानको लागि आग्रह गरेको थियो ।

हालसम्म सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाश दर्लामी, पूर्वसंचालक समिति सदस्य शिवकुमार गुरुङ (महेन्द्र भोटे) , गल्याङ ९, स्याङ्जाका बासिन्दा तथा संचालक समितिका सदस्य एवम् आइटी प्रमुख भविश्वर अर्याल र अर्का सदस्य प्रमोद भट्टराई पुर्पक्षको लागि थुनामा छन् ।

सूर्यदर्शन सहकारीका मुख्य अभियुक्त गीतेन्द्र बाबु (जीबी) राईको समूहले कास्कीमा मात्रै १९ हजार बचतकर्ताहरुको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको अभियोग छ।

सहकारीका अध्यक्ष जिबीसहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो। गितेन्द्र अहिलेसम्म फरार छन्।

यस ठगी प्रकरणमा प्रहरीले इन्टरपोलमार्फत् जिबी राई, थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ । यस सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077