Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वर्तमान सरकारबाट द्वन्द्वपीडितले न्याय पाउँदैनन्, दुवै पीडक पक्ष राज्य सञ्चालकमा छन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वपीडितले वर्तमान सरकारबाट न्याय नपाउने टिप्पणी गरेका छन् ।

मंगलबार पार्टीको सातौं केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले संक्रमणकालीन न्यायको विधेयक पीडित केन्द्रित हुनुपर्ने माग एमालेले राख्दै आएको पनि जानकारी गराए ।

‘सशस्त्र द्वन्द्वका विद्रोहीका तर्फबाट पीडा दिने समूहबाट एउटा पक्षबाट प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ। अर्कातर्फ राज्यको तर्फबाट, क्रान्तिको नाममा पीडा दिने एकातिर प्रधानमन्त्री, अर्को हिंसा रोक्ने नाममा पीडा दिने शेरबहादुरजी गठबन्धनमा हुनुहुन्छ।’ ओलीले भने, ‘दुवै पीडक पक्ष राज्य सञ्चालकमा छन्। दुवै पीडकको सरकार बनेको छ। पीडितहरु उनीहरुको प्राथमिकताको विषय होइन, आफैं प्राथमिकता हो।’

पीडक पक्ष नै राज्य सञ्चालनमा भएकोले पीडितले न्याय नपाउने दाबी उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077