Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकप क्रिकेट लिग–२ : नेपाल ३७.१ ओभरमै ‘अल आउट’, नामिबियाले पायो १६९ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो खेलमा नेपालले ३७.१ ओभरमै सबै विकेट गुमाएको छ । नामिबियासँगको खेलमा नेपाल जम्मा १६८ रन बनाउन सफल भयो ।

३७.१ ओभरमै सबै विकेट गुमाएर नेपालले १६८ रन बनाएको हो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।

नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए । नामिबियाका बर्नार्ड स्कोल्जले ४ र निकोल लोफ्टि(इटनले ३, ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एकरएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077