Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालले झार्‍यो नामिबियाको दोस्रो विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत तेस्रो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।

नेपालका कप्तान रोहित पौडेलले दोस्रो विकेट लिएका हुन् । उनले ४.१ ओभरमा नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड आउट गरे ।

यस अगाडि पहिलो विकेटको रुपमा नामिबियाका निकोलस डाविन रन आउ भएका थिए ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।

नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ४.४ ओभरमा २२ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077