Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२ कुशललाई दोस्रो र नेपाललाई छैटौं सफलता

काठमाडौं । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत किर्तिपुरमा जारी खेलमा नेपालविरुद्ध १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले छैटौं विकेट गुमाएको छ ।

कुशल भुर्तेलले आफ्नो लगातार दोस्रो ओभरमा विकेट लिए । उनले व्यक्तिगत दोस्रो विकेटका रुपमा जान निकोल लफ्टी इटनलाई आउट गरे ।

नेपालका लागि छैटौं विकेट कुशल भुर्तेलले लिए। उनले नामिबियाका जान निकोललाई ५ रनमा आसिफ शेखबाट क्याच गराए।त्यतिबेला नामिबियाले २८.४ ओभरमा ६ विकेट गुमाउँदा ११८ रन जोडेको थियो।

त्यसअघि पाँचौ विकेट कुशल भुर्तेलले नै लिए। उनले नामिबियाका कप्तान जेराल्ड इरासमसलाई ५२ रनमा करण केसीबाट क्याच गराए।

दीपेन्द्रसिंह ऐरीले चौथो विकेट लिए। उनले जान फ्राइलिंकलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे।

कुशल मल्लले तेस्रो विकेट लिए। उनले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिने क्रममामिकेल भानलाई ३१ रनमा विकेटकिपर आसिफ शेखबाट स्टपपिन गराए।

त्यसअघि नामिबियाले पाँच ओभरभित्र दुई विकेट गुमाएको थियो । निकोलास डिभन १.४ ओभरमा ८ रनमा रनआउटको सिकार भए।

त्यस्तै ४.१ ओभरमा नेपालका कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077