Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आजबाट आन्दोलन शुरु गरेको राप्रपाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे माग पत्र

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’लाई ४० बुँदे माग बुझाएको छ।

बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राप्रपाले आफ्नो मागपत्र बुझाएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डल सिंहदरबार पुगेका थिए।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायतका ४० बुँदे माग बुझाएका छन्।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले राप्रपाले गरेको संघर्षको कार्यक्रम शान्तिपूर्ण गर्न अनुरोध समेत गरेका छन्। त्यस्तै सरकारले शान्ति प्रक्रिया टुंग्याउन पहल गरिरहेको भन्दै त्यसमा सकारात्मक सहयोगको अपेक्षा राखेको प्रधानमन्त्री प्रचण्डले बताएका थिए।

भेटमा प्रधानमन्त्रीले भने–‘राप्रपाले आफ्ना मुद्दाहरू लिएर संघर्ष जाने निर्णय गरेकोप्रति मेरो भन्नु केही छैन । तपाईहरूको संघर्ष कार्यक्रम शान्तिपूर्ण होस्, हामी शान्तिप्रक्रिया टुंगाउन पहल गरिरहेका छौं। त्यसमा सकारात्मक सहयोग रहोस्। सरकारले गरेका राम्रा काममा समर्थन र सहयोग होस्।’

यता, आजबाट शुरु भएको राप्रपाको विरोध सभा काठमाडौंको भृकुटीमण्डपमा जारी छ । राप्रपाले विरोध सभाअगाडि भृकुटीमण्डपबाट भद्रकाली, सुन्धारा, वीर हस्पिटल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म र्‍याली गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077