Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी फुटाएपछि पश्चाताप नगर्नेलाई एमालेमा ठाउँ छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीसँग एकता नहुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेहरूलाई एमालेमा प्रवेश नगराउने बताए ।

अध्यक्ष ओलीले भने,‘कुनै हिसाबले कुनै समयमा गल्ती भयो भने त्यसमा महशुस गरेर अघि बढ्ने हो । कतिपय तत्वहरुसँग हाम्रो एकता हुँदैन र उनीहरुले प्रवेश पाउँदैनन् । किनभने उनीहरुलाई दुई तिहाईको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन । गल्ती महशुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ । अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तीव्रताका साथ रहेको छ।’

अध्यक्ष ओलीले अहिले एमाले प्रवेशको लहर तीव्र गतिमा बढिरहेको जिकिर गरे । उनले माधव नेपाल लक्षित गर्दै पार्टी फोडेकोमा पश्चाताप नगर्नेलाई एमालेमा प्रवेश नगराउने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077