काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन् ।
बिहीबार पार्टी केन्दीय कार्यालय च्यासलमा केन्द्रीय कमिटीको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताए ।
उनले भने, 'मन्त्री दोषी छ जसले गर्दा युवा मारिए । आफैँको सरकारले बनाएको आयोगले तोकेको छ, दोषी मन्त्री छ । मन्त्री फुर्तिसाथ हिँड्छ ।'
दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको उनको भनाइ थियो । उनले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गरे ।