Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यी दुई टिमबीचको खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज विजयी नतिजासहित घरेलु मैदानमा आयोजित शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराए पनि नेपालले तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटको हार बेहोरेको हो ।

यता, नेदरल्यान्ड्सले पनि जारी शृंखलाका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ । पहिलो शृंखलाका चार खेल खेलिसकेको नामिबिया लिग–२ तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077