Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टस हारेर नेदरल्यान्ड्सविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली नेपालले ब्याटिङ गर्ने भएको हो ।

सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटको फराकिलो जित निकालेको नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । खेल साढे ९ बजे सुरु हुनेछ ।

नेपाली टिममा दुई परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन् ।

नेपालले सिरिजका चार मध्य तीन खेलमा मात्र जित निकालेको छ। नेदरल्यान्ड्सलाई पहिलो खेलमा हराएको नेपालले नामिबियासँग भने दुवै खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077