Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पहिलो झड्का, आसिफ ‘आउट’

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्धको नेपालले पहिलो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिलो विकेट रुपमा ओपनिङ ब्याटर आसिफ शेख १७ रन बनाएर आउट भएका हुन् ।

टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ८.३ ओभरमा एक विकेट गुमाएर ४२ रन जोडेको छ।

नेपालले ४२ रनमा पहिलो विकेट गुमाएको हो। आसिफ शेख व्यक्तिगत १७ रनमा क्याच आउट भए।

शृखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध भएको पहिलो खेल नेपालले जितेको थियो। जारी शृखलामा नेपालले नामिबियासँग भने दुवै खेल हारेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077