काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।
ओपनर आसिफ शेखपछि अनिलकुमार साह ७ रन बनाएर आउट भएका छन् ।
उनी भिभियन किंग्माको बलमा बोल्ड भए। त्यतिबेला नेपालले ११ ओभरमा २ विकेटको ५० रन जोडेको थियो।
त्यसअघि ओपनिङ ब्याटर आसिफ शेख १७ रन बनाएर आउट भए। उनी पनि भिभियन किंग्माको बलमा डि लीडबाट क्याच भए।
आउट हुनुअघि उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे।
खेलमा नेपालले दुई परिवर्तन गरेको छ। नेपाली टिममा आरिफ शेख र गुल्सन झा खेल्दैछन्। देव खनाल र सोमपाल कामी बाहिरिएका छन्।